२२ आश्विन २०८०, सोमबार
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायलसँग समन्वय गरी यथाशीघ्र नेपालीको उद्धार र शव ल्याउने निर्णय गरेको छ ।
सोमबार सिंहदबारमा बसेको संयन्त्रको बैंठकले उद्धार र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय पनि गरेको छ । संयन्त्रको बैठकले इजरायली पक्षसँग समन्वय गरी यथाशीघ्र शव ल्याउने निर्णय गरेको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिए ।
बैठकले इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि गरेको छ । १० जना मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन र घाइतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध गरी सकेको पनि मन्त्रालयले जनाएको छ ।
आक्रमणमा परी १० जना नेपाली नागरिकहरुले ज्यान गुमाएका, एक जना सम्पर्कविहिन रहेका र केही घाईते अवस्थामा रहेका छन् ।