९ भदौ २०८० शनिबार
दाङ—युवाहरुका लागि उद्घोषण सम्बन्धि २ दिने कार्यशाला शनिबार तुलसीपुरमा सम्पन्न भएको छ।
सहायता केन्द्र नेपालको आयोजनामा युवाहरुको क्षमता अभिवृद्धिका लागि कार्यशाला सञ्चालन गरिएको हो ।भदौ ८ गतेदेखि शनिबारसम्म सञ्चालन गरिएको कार्यशालामा १५ जना युवाहरुको सहभागिता रहेको थियो ।
युवाहरुको क्षमतालाई प्रस्फुटित गरी सृजनशिलताको विकासमा उत्प्रेरणा दिलाउन कार्यशालाको सञ्चालन गरिएको आयोजनकले जानकारी दिएको छ ।
सामाजिक अभियान्ता खेमराज बि.क.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहायता केन्द्र नेपालका कोषाध्यक्ष दुबिसरा वलिले स्वागत मनतव्य राखेकी थिईन भने कार्यक्रमको सहजिकरण मुना बि.क.ले गरेकी थिईन । कार्यशालामा सहभागी भएकाहरुलाई सञ्चारकर्मी अस्मिता परियारले प्रशिक्षण दिएकी थिइन ।