प्रदीप गुप्ता
१० चैत २०७९ शुक्रबार
नेपालगञ्ज—यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइइ) मा बाँकेबाट करिब ९ हजार परीक्षार्थी सहभागी हुँदै छन्।
बाँके जिल्लामा रहेका सामुदायिक र संस्थागत विद्यालयबाट गरी कुल ८ हजार ९ सय २२ परीक्षार्थीहरु परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका सूचना अधिकारी उद्दव प्रसाद श्रेष्ठले जानकारी दिए।
सूचना अधिकारी श्रेष्ठका अनुसार नियमित तर्फ ८ हजार ३ सय ३६,ग्रेडवृद्धि तर्फ २ सय ५९ र प्राविधिक धार तर्फका २ सय ९१ जना विद्यार्थी परीक्षामा सहभागी हुदै छन्।
जिल्लामा ३३ वटा परीक्षा केन्द्र तोकिएको सूचना अधिकारी श्रेष्ठले बताए। त्यस्तै परीक्षा सञ्चालनका लागी ३३ जना केन्द्राध्यक्ष,५९ जना सहायक केन्द्राध्यक्ष र ४ सय ४६ जना निरीक्षक खटाईने उनले बताए ।यो वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइइ) यहि चैत १७ गतेदेखि सुरु हुदै छ ।