९ श्रावण २०८०, मंगलवार
धनगढी:- कैलालीको अत्तरिया बजारमा होटेल खोलेर यौन धन्दा गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा रहेको होटेलमा छापा हान्दा महिलासहित होटेल सञ्चालकलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बोगटी अछाम होटेलका सञ्चालक डोटीको घण्टेश्वरका प्रकाश थापा र कैलालीको घोडाघोडी बस्ने विमला सुनार छन् ।
उक्त होटेलबाट १ बट्टा कन्डम, ९ ट्याब्लेट गर्भ निरोधक औषधि ई कोन पिल्स र सरजोल क्रिम १ बट्टा बरामद भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले जानकारी दिए ।
वेश्यावृत्ति तथा अनैतिक क्रियाकलापमा संलग्नता रहेकाले उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।