२५ पौष २०७९ सोमबार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हाम्रो देशको कानुन त खाली थारुहरुलाई मात्रै लाग्दो रहेछ भन्दै व्यङ्गय गरेकी छन् ।
निर्वाचन पछिको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै सांसद चौधरीले निर्दोष चौधरीलाई थारु भएकै कारण मुद्दा लगाइएको आरोप लगाइन ।
उनले टीकापुर घटना बन्द कोठामा घटाइएको घटना नभएको जिकिर गर्नुभयो ।
चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो । टिकापुरका राजबन्दी परिवारले न्याय नपाएसम्म संसदमा लडिरहने बताइन ।