NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

राप्ति साहित्य परिषदको बहुभाषिक काव्य उत्सवःएउटै मञ्चमा सात भाषाका कविता गुञ्जिए

अरुण कुमार अरुण कुमार
१० महिना अगाडि
लुम्बिनी प्रदेश, समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

चैत १६,१०८१ शनिबार

दाङ ।राप्ती साहित्य परिषद दाङले बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान कार्यक्रम गरेको छ।नेपालको बहुभाषिक,बहुसांस्कृतिक पहिचानलाई मजबुद बनाउने उद्धेश्यका साथ परिषदले शनिबार दाङको घोराहीमा कार्यक्रम गरेको हो।

जहाँ १४ जना स्रष्टाहरुले एउटै मञ्चमा रहेर साहित्यिक विविधताको रंग देखाउदै सात भाषाका कविता वाचन गरेका थिए।कार्यक्रममा संस्कृति,नेपाली,थारु,नेवारी,मगर खाम,अवधि र कुसुण्डा भाषाका काव्यहरु वाचन गरिएको थियो।

उत्सवमा संस्कृत भाषाबाट उत्तम अतिवडा र जनक पोखरेल,नेपालीबाट साहित्यकार नारायण नेपाल र शारदा शर्मा,थारु भाषाबाट छविलाल कोपीला र राजकुमार कान्छा,नेवारीबाट नारायण प्रसाद श्रेष्ठ र योगमाया श्रेष्ठ,कुसुण्डाबाट उदय आले र निर्मला कुसुण्डा,अवधिबाट जगतराम यादव र बसन्त प्रकाश यादव,मगर खाम भाषाबाट क्षितिज मगर र कमलप्रसाद गौतमले रचना वाचन गरेका थिए भने  गायक तथा संगितकार प्रकाश रेग्मीले गीत गाएका थिए।कविता मार्फत स्रष्टाहरुले समाज र देशको बदलिदो परिस्थितिलाई उजागर गरेका थिए।

राप्ति साहित्य परिषद दाङका अध्यक्ष अध्यक्षता एंव वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भएको थियो ।कार्यक्रमलाई सम्बोधन गदै वरिष्ठ साहित्यकार शर्माले साहित्यकारहरु जनमुखी हुनु पर्ने कुरामा जोड दिए । उनले साहित्यकार तथा लेखकहरु समाज रुपान्तरणको संवाहक भएकाले परिवर्तनको पक्षमा कलम चलाउन समेत आग्रह गरे ।शर्माले एउटै मञ्चमा विभिन्न भाषाका कविता प्रस्तुत गरेर साहित्यमा भएको विविधतालाई एकतृत गर्ने काम गरेको बताए । परिषद्ले भाषा संरक्षणसँगै साहित्य उत्थानका लागि गरेको यो प्रयास अनुकरणीय रहेको भन्दै भाषा, कला र संस्कृति जोगाउनका लागि यस्ता कार्यक्रमले सहयोग गर्ने बताए।

परिषदले साहित्य तथा गीत संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान समेत गरेको छ।जसमा यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट कवि एवम् समालोचक डा.कृष्णराज डिसी, वेदवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट गायक प्रकाश रेग्मी र कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट कवि एवम् समालोचक, अनुसन्धानकर्ता डा=कृष्णराज सर्वहारीलाई पुरस्कृत गरिएको थियो।

कार्यक्रममा साहित्यकार एवम् समाजसेवी विनोद पोख्रेल, साहित्यकार पद्मप्रसाद शर्मा र राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा ‘समीर’ लाई सम्मान गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष एवम् वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रममा बोल्ने अन्य वक्ताले एउटै मञ्चमा नेपालको बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई उजागर गर्न कार्यक्रमले सघाएको भन्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँया र राप्ती साहित्य परिषद्का केन्द्रीय निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालले भाषा, साहित्य र कला संस्कृतिको विकासका लागि  साहित्यकारहरुको अहम भूमिका रहने बताए।राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासी, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार दीपक शर्मा ‘समिर’, पुरस्कृत व्यक्तित्व प्राज्ञ सदस्य कृष्णराज सर्वहारी, सम्मानित व्यक्तित्व पदमप्रसाद शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य तथा पत्रकार शरद अधिकारी, साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुरका अध्यक्ष डिल्लीराज श्रीधर, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च एवम् नागरिक समाज दाङका संयोजक निमबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए।परिषदको १७ औं साधारण सभा समेत सोही दिन सम्पन्न भएको छ।कार्यक्रममा सचिव घनश्याम केसीले सांगठनिक तथा कोषाध्यक्ष सुशीला आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। राप्ती साहित्य परिषद् दाङ शाखा उपाध्यक्ष सुरेशकुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गरेका थिए।

अघिल्लो पोस्ट

दुर्गा प्रसाईंलाई प्रहरी खोजिरहेको छ’, ‘दोषीमाथि कडा कारबाही हुन्छ’: गृहमन्त्री

अर्को पोस्ट

नेकपा एमालेको लोकतान्त्रिक जागरण अभियानःभोली तुलसीपुरमा मोटरसाइकल र्‍याली

अरुण कुमार

अरुण कुमार

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

नेकपा एमालेको लोकतान्त्रिक जागरण अभियानःभोली तुलसीपुरमा मोटरसाइकल र्‍याली

लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!