२०८१ जेठ २६ शनिबार
दाङ — दाङको देखुरी स्थित राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको ज्यान गएको हो।पुन दिउँसो माछा मार्नका लागि नदीमा गएका थिए।
शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा आज बेलुका साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए। उनको शव ५० मिटर तल फेला परेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताए। पुनको शव परीक्षणका लागि लमही अस्पताल राखिएको छ।