९ श्रावण २०८०, मंगलवार
दाङ:- भारी वर्षाका कारण दाङका प्रमुख नदी राप्ती र बबईमा एक्कासी बाढी आउन सक्ने खतरा रहेको भन्दै सतर्क रहन अनुरोध गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी वर्षा भएका कारण राप्ती र बबई नदीलगायत अन्य खोलाहरुको जलसतह बढ्न सक्ने भएकाले सतर्क रहन अपिल गरेको हो ।
दाङको बगासोगी, लालमटिया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा र प्यूठानको बिजुवार, मारीखोला, हंसपुर र आसपासका धेरै स्थानमा भारी बर्षा भएको छ ।
दाङ र प्यूठानका खहरे खोलामासमेत बाढी आउन सक्ने भएकाले दिउँसोसम्म सतर्क रहन आग्रह गरिएको छ ।