फागुन १३,२०७९ शनिबार
काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् ।
राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धुब्रबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा दिएका हुन। उनिहरुले आज दिउँसो बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन ।
आज बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै राप्रपाका चार जना मन्त्रीले राजीनामा दिएका हुन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिएको बताए । राप्रपाले प्रदेश सरकारमा दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।