राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको नवौं दिन महानवमीको अवसरमा नवदुर्गा पूजा आराधना गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा नौ जना कन्याहरुलाई दक्षिणासहित टीका लगाएर नवदुर्गाको पूजा आराधना गर्नु भएको हो ।
यसैक्रममा उहाँले ती कन्याहरुलाई लत्ताकपडा समेत उपहार दिनु भएको थियो । कन्याहरुलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैँ खुट्टा धोएर सुत्नु पनि आग्रह गर्नु भएको थियो ।

त्यस अवसरमा ‘रातो टीका निधारमा…’ र ‘फेरी कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा कन्याहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रपति भण्डारीले त्यसलाई रुचिपूर्वक अवलोकन गर्नु भएको थियो ।