२०७९ फागुन १३ गते
काठमाडौं । नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ ।
राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले कांग्रेसबाहेक सबै दलसँग सहयोगसमेत मागेको छ ।बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले् भने,’ २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसाग अगाडि बढ्छौं ।’
राप्रपा भने सरकारबाट बाहिरियो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ ।
आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ ।
‘हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनमा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ,’ राप्रपाले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको थियो । पार्टी अध्यक्ष राजेन्द्र लिंदेन उपप्रधान तथा ऊर्जा मन्त्री थिए ।विज्ञप्तिमा उल्लेख गरेको छ ।