१९ असार २०८०, मंगलवार
काठमाडौं :- राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा र ल्याउँदा लागेको ५५ लाख रूपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिएको छ ।
परराष्ट्र मन्त्रालयले अर्थमन्त्रालयले सोमबार ५५ लाख २ हजार २७९ रूपैयाँ भुक्तानीका लागि परराष्ट्रले सोमबार अर्थलाई पत्राचार गरेको हो ।
राष्ट्रपति पौडेललाई गएको वैशाख ६ गते उपचारका लागि भारत लैजादा श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट र ल्याउँदा नेपाल वायु सेवा निगमको नियमित उडानबाट ल्याइएको थियो ।
दुईतर्फी ५५ लाख २ हजार २७९ रूपैयाँ खर्च भएको थियो । त्यतिबेला भारतमा लागेका उपचार खर्च विषयमा चौतर्फी आलोचना भएपछि राष्ट्रपतिको स्वकीय सचिवालयले उपचारका क्रममा लागेको खर्च भने सरकारबाट नलिने चाहना राष्ट्रपतिले व्यक्त गरेको विज्ञप्ति सार्वजनिक भएको थियो ।