माघ १४,२०७९ शनिबार
घोराही । राष्ट्रिय दलित पत्रकार संघ दाङले आफ्नो स्थापना दिवस मनाउने भएको छ । संघका अध्यक्ष बसन्त परियारको अध्यक्षतामा शनिबार घोराहीमा बसेको बैठकले आउदो फागुन १५ गते स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
स्थापना दिवसलाई भब्य रुपमा मनाउनको लागी समिति समेत गठन गरिएको संघका अध्यक्ष बसन्त परियारले जानकारी दिए ।घोराहीमा संघका वरिष्ठ उपाध्यक्ष गिरीराज नेपालीको संयोजकत्वमा र पश्चिम दाङमा हिमाल विश्वकर्माको संयोजकत्वमा उपसमिती गठन गरिएको कोषाध्यक्ष परियारले जानकारी दिए ।
त्यस्तै वैठकले सदस्यता नविकरण गर्ने तथा नयाँ सदस्यहरुलाई सदस्यता वितरणका लागी माघ १६ गते सम्मको समय तोकेको छ ।