अरुण कुमार नेपाली
माघ ११,२०७९ बुधबार
दाङ —लुम्बिनी प्रदेशका प्रहरी प्रमुख टेकबहादुर राईले कुनै सूचना माग गर्न प्रहरी कन्ट्रोल रुम ‘१००’ मा फोन हान्दा रिसिभ नभए कारबाही गर्ने बताएका छन् ।
बुधबार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी प्रमुख राईले १०० मा फोन हान्दा उठाउन झर्को मान्ने र उठाए पनि झर्केर बोल्ने प्रहरी कर्मचारीलाई ।
‘१०० मा फोन गर्नुस्,फोन रिसिभ भएन वा ‘रेस्पोन्स’ भएन भने हामीलाई तुरुन्तै जानकारी गराउनुहोस,उनले भने झर्केर बोल्ने,तीतो बोल्ने प्रहरी कर्मचारीलाई कारबाही गर्छौ ।प्रहरी भएर झर्केर बोल्न मिल्दैन हामीले त मुस्कान सहितको प्रहरी सेवा भनेर लञ्च गरिसकेका छौ ।’
उनले नेपाल प्रहरीले सञ्चालन गरेको ‘पुलिस माइ फ्रेण्ड’ कार्यक्रमलाई जनता सामु लैजान समेत आग्रह गरे ।शान्ति सुरक्षा र अमनचयन कायम गर्नु नेपाल प्रहरीको प्रमुख दायित्व भएको बताउनदै उनले कुनै पनि प्रहरी कर्मचारी अपराधिक क्रियाकलापमा संलग्न भएको पाइए तुरुन्तै कानुन बमोजिम कारबाही गरिने उनले बताए ।पछिल्लो समय हत्या हिंसा,लागु औषध ओसार पसार,यौनजन्य हिंसा र आत्म हत्या जस्ता घटनाहरुमा बृद्धि भएकाले यसलाई नियन्त्रण गर्न सम्बन्धि सबै पक्षले प्रहरीलाई सहयोग गर्न उनले आग्रह समेत गरे ।