०५ पुस २०८१ शुक्रबार
काठमाण्डौ।मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट रिहा भएका छन् ।सर्वोच्च अदालतको आदेशपछि शुक्रबार साँझ प्रसाई हिरासतबाट रिहा भएका हुन् ।
रिहा भएसँगै उनले अदालतले आफुलाई न्याय दिएको प्रतिक्रिया दिएका छन ।
उनले आफू हिरासतमा हुँदा प्रहरीले परिवारको व्यवहार गरेको पनि बताए ।साथै, प्रसाईँले तस्करहरूविरुद्धको लडाईं अझै जारी राख्ने बताए ।
‘तस्करहरूसँगको लडाइँबाट म भाग्दिनँ । जुन बोली कम्युनिस्टहरूले बोल्ने बोली मैले बोल्नुपर्यो,’ प्रसाईंले भने ।आज कमजोर देखिनुहुन्छ नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘छाल आउने बेलामा समुन्द्र पनि शान्त हुन्छ । त्यस्तै भएको हो । तस्करहरूसँग लडाइँ हो, त्यो जारी हुन्छ । प्रहरी कस्टडीमा जुन व्यवहार भयो त्यो राम्रो भयो ।’
उनले अघि भनेका छन्, ‘म हारेको छैन । यो मैले जितेको हो ।’
प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।
व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।