२६ श्रावण २०८०, शुक्रबार
काठमाडौँ :_ नेपाली कांग्रेसका सांसद डा सुनिल शर्माले माओवादीसँगको सत्ता साझेदारी नतोडे नेपाली कांग्रेस सकिने बताएका छन्। सिआइबीबाट साँझ रिहा भएलगत्तै उनले पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नहटाए सरकार ढल्ने चेतावनी पनि दिएका छन्।
उनले प्रधानमन्त्री प्रचण्ड र नारायणकाजीले स्टन्टबाजी गरेको पनि बताए। उनले प्रचण्डलाई यो ठाउँमा पुर्याएको गुन आफूलाई हतकडी लगाएर तिरेको पनि बताए । उनले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिए आफूले यसअघि घोषणा गरेजस्तै अनसन बस्ने पनि बताए।
केपी ओली पिता
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विषयमा पिताको भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए। आफ्नो पक्षमा बोल्ने सबै पार्टीहरु, पक्ष विपक्षका नेताहरुलाई पनि उनले धन्यवाद भनेका छन्।
‘मेरो रिहाइका लागि जसले आवाज बुलन्द गरिदिनुभयो। सबै पार्टीका नेताहरुलाई धन्यवाद दिन्छु, हिरासतमा रहँदा मद्दत गर्नुहुने डा शेखर कोइराला, गगन थापा, अर्जुन नरसिंह केसीलगायत मेरो पिताजी सरह रोल निर्वाह गरेका राष्ट्र नायकको रुपमा उभ्याउनुभएका केपी शर्मा ओलीलाई हृदयको अन्तस्करणबाट धन्यवाद दिन चाहन्छु’, उनले भने।
कीर्ति सर्टिफिकेट प्रकरणमा पक्राउ परेका उनी आजको अदालतको आदेशले रिहाइ भएका हुन्।