११ जेष्ठ २०८०, बिहीबार
रुकुम— रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।दुर्घटनामा पाँच दिनको बच्चाको पनि मृत्यु मृत्यु भएको छ।
बिहीबार बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ।
सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो। चार जनाको मृत्यु भएको खबर आएको र उद्दार जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जनाएका छन्। जिपमा १४ जना सवार रहेको उनले बताए।
घाइतेलाई थप उपचारका लागि हेलिकप्टर ल्याउने तयारी भइरहेको भट्टराईले बताए।