१४ भदौ २०८० बिहीबार
रुकुम पूर्व – रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१४ मा एक महिलामाथि लुटपाट भएको छ ।
बुधवार राति कोल गाउँकी ३६ वर्षीया हिरादेवी घर्तीमाथि लुटपाट भएको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले जानकारी दिए ।
घरमा एक्लै सुतिरहेको अवस्थामा चक्कु देखाउँदै घरभित्र पसेका दुई जनाले घर्तीको कानमा लगाएको सुनको कानबाली लुटेर लगेका छन् ।आफूमाथि आक्रमण हुने डरले चिच्याएपछि लुटेराहरू भागेका पीडित घर्तीेले बताइन । आफ्नो दुवै कान च्यातेर दुई तोलाको कानबाली लुटेको उनको भनाइ छ ।