२०७९ माघ २२ गते
एजेन्सी । युक्रेनमाथि हमला गरेको १ वर्ष पुग्न लाग्दा रुसले ठूलो संख्यामा आफ्ना सैनिकलाई युक्रेनको पूर्वीसीमातर्फ एकीकृत गर्न थालेको छ ।
युक्रेनको पूर्वीसीमा क्षेत्रमा रुसी सैनिक ठूलो संख्यामा एकीकृत भइरहेको दावी युक्रेनी अधिकारीहरुले गरेका छन् । शनिबार राति भिडियो सन्देश मार्फत युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले पूर्वीशहर बखमत नजिकै रुसी सैनिकले अड्डा जमाईरहेको बताएका हुन्।
बखमत युक्रेनका लागि मुख्य आपूर्ति मार्ग भएकाले उक्त क्षेत्र कब्जा गरेर आपूर्ति अवरुद्ध गर्ने रणनीति रुसले लिएको राष्ट्रपति जेलेन्स्कीको आशंका छ । बखमत, बेहलदार र लेमानलगायतका पूर्वीशहरहरु कब्जा हुने अवस्थामा लडाई निकै कठिन मोडमा पुग्ने र युक्रेनको रक्षा संयन्त्र पनि नाजकु बन्ने राष्ट्रपति जेलेन्स्कीको तर्क छ ।