माघ २४,२०७९ मंगलबार
एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले रुस–युक्रेन युद्ध थप चर्किए विश्व नै एउटा वृहत युद्धमा फस्ने चेतावनी दिएका छन् ।
राष्ट्र संघीय महासभामा बोल्ने क्रममा उहाँले युक्रेनमाथिको हमलाले युक्रेनी जनता मात्रै नभई विश्वले नै ठूलो पीडा भोग्नु परिरहेको बताएका हुन। अहिले पनि युद्ध रोकिने संकेत नदेखिएको उनले बताए।
अब विश्वले आँखा खोलेर हेर्नुपर्ने बेला आएको भन्दै उनले कतिन्जेल टुलुटुलु रक्तपात हेर्ने भन्दै प्रश्न समेत गरे। यसैबीच, पूर्वी युक्रेनको दोनेत्स्कका गभर्नरले आफ्नो क्षेत्रमा पछिल्लो समय युद्ध चर्किने सम्भावना देखिएको बताए ।
रुसले आफ्नो सेनालाई थप वृहत रुप