शुक्रबार, कात्तिक २३, २०८१
कात्तिक ।रोल्पाबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
घाईते हुनेहरुमा सुकिदह – ४ पाखापानीका ७० वर्षीय भरतबहादुर वली, १८वर्षीय लोकेन्द्र खत्री, ३४ वर्षीय तिलक केसी, १३ वर्षीय लक्ष्मी केसी, ३९ वर्षीय रुपा केसी रहेका जिल्ला प्रहरी प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै सोही ठाउँका १२ वर्षीय नबीन केसी, ९ वर्षीय मोहन केसी, ३७ वर्षीय का दिपक खत्री, २६ वर्षीय भुपाल खत्री र २३ वर्षीय निर्मला वली घाइते भएका छन् । उक्त जीपमा चालकसहित कुल १२ जना सवार थिए । गाडी साहु र चालक प्रहरी नियन्त्रणमा छन् ।उकालो चढ्न नसकेर जीप ब्याक हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते मध्य एक जनाको खुट्टा फ्याक्चर भएपनि अन्यको अवस्था सामान्य रहेको र उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको प्रहरी निरीक्षक शाहीले बताए ।
जिल्लाको त्रिवेणी गाउँपालिका – ३ तिखन भिरस्थित भित्री सडक खण्डमा बेसारेबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु १ ज २३८६ नम्बरको यात्रु बहाक जीप शुक्रबार दिउँसो साढे २ बजेतिर दुर्घटनामा परेको थियो ।