८ असार २०८० सोमबार
दाङ— आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप पोसाक वितरण गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ रनियापुरमा अवस्थित जनज्योति माविमा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई पोसाक वितरण गरेको हो ।
सोमबार एक कार्यक्रमकाबीच आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुख सोगतविर चौधरीले विद्यार्थीहरुलाई ट्रयाकसुट हस्तान्तरण गरेका हुन् ।
पोसाक वितरण कार्यक्रममा बोल्दै कार्यकारी प्रमुख चौधरीले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउन सबैले सहयोग गर्नु पर्ने बताए ।उनले सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुको आत्मबल बढाउने उद्धेश्यले पोसाक वितरण गरिएको वताए ।
कार्यकारी प्रमुख चौधरीले आगामी दिनमा पनि संस्थाले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।जनज्योति माविका प्रधानाध्यापक हेमन्त बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलमति परियारले विद्यार्थीहरुलाई पोसाक वितरण गरेकोमा संस्थालाई धन्यावाद दिइन् । कार्यक्रमको सहजिकरण आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका जनशक्ति व्यवस्थापन प्रमुख नेपबहादुर चौधरीले गरेका थिए ।