माघ २३,२०८१ बुधबार
दाङ।दाङमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१५ भीमसेन टोलबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र बहादुर शाहले जानकारी दिए।
पक्राउ पर्नेहरूमा सोही ठाउँका २५ वर्षीय तनुज श्रेष्ठ र रोल्पा नगरपालिका–३ घर भई हाल घोराही–१५ मा बस्दै आएका १९ वर्षीय टेकराज गुरुङ रहेका छन्।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार राति ८ बजे उनीहरु लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा उनीहरूको कोठा तथा शरीर खानतलासी गरेको थियो।
बरामद गरिएको ब्राउन सुगर प्लास्टिकसहित तौल गर्दा २.५१० ग्राम रहेको थियो भने प्लास्टिक हटाइ शुद्ध तौल गर्दा १.८४० ग्राम रहेको छ। पक्राउ परेका दुबै जनामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।