८ श्रावण २०८०, सोमबार
धनगढी:- लागु औषध खैरो हेराइनसहित कैलालीको गेटाबाट श्रीमान् श्रीमती पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५ गेटा बस्ने २० वर्षीया अनिता राना र उनका श्रीमान् २४ वर्षीय अन्तराम रानालाई पक्राउ गरेको हो ।
उनीको घरमा खानतलासी गर्दा आफू सुत्ने कोठामा राखिएको प्लास्टिकको जेब्रा झोलामा २ ग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
अन्तराम रानालाई ३ महिना अगाडि पनि सामान्य चोरीको घटनामा कारबाही गरिएको प्रहरीले जनाएको छ ।
अपाङ्गताको आवरणमा श्रीमान् श्रीमती भारतको सीमा नाका बजार गई लागु औषध खरिद गरी ल्याउने र दुवै जना मिलेर गाउँ टोलका युवा ग्राहकलाई स–साना पुरिया बनाई बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।