प्रदीप गुप्ता
२७ असाढ २०८० बुधबार
नेपालगञ्ज—प्रहरीले लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ।
भारतको रुपैडिहा बस्ने बर्ष १९ का जुनेद राई र बर्ष १९ कै सलमान अलिलाई नेपालगञ्ज — १५ जमुनाह गाउँबाट ४३ ग्राम लागू औषध (ब्राउन सुगर) सहित प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध ओसार पसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।
UP32MP6189 नं को मोटरसाईकलबाट भारतबाट नेपाल तर्फ आउदै गरेका उनिहरुलाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक जुनेद राईले लगाएको पाईन्टको बाँया खल्ती भित्र लुकाई राखेका अवस्थामा लागूऔषध फेला परेको थियो । पक्राउ परेका दुवैजना माथि अनुसन्धानको काम अघि बढाईएको प्रहरीले जनाएको छ ।