काठमाण्डाै – लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चाैधरी नियुक्त हुनुभएकाे छ । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले चाैधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।
चाैधरीले आज बिहीवार नै प्रदेश प्रमुखसमक्ष बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएकाे थियाे । चाैधरीलाई कांग्रेस, माओवादी केन्द्रसहित आठ दलका ५३ जना सांसदकाे समर्थन छ । प्रदेश प्रमुखले हिजाे मङ्गलवार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएकाे थियाे ।
गएकाे पुस २७ गते मुख्यमन्त्री बन्नुभएका एमालेका लीला गिरीले विश्वासको मत लिन नसकेपछि पदमुक्त हुनुभएकाे थियाे । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गिरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।