दाङ । लुम्बिनी प्रदेशको प्रदेश योजना नीति आयोगको उपाध्यक्षमा डा नहकुल केसी नियुक्त भएका छन ।२६ बैशाख २०८०, मंगलवार
मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा. केसीलाई आयोजको उपाध्यक्षमा नियुक्त गरेको हो ।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने व्यवस्था रहेको छ । जसमा उपाध्यक्ष, र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान रहेको छ ।
उपाध्यक्षमा नियुक्त केसी स्थानीय विज्ञ हुन । लामो समयदेखि सामाजिक विकासको क्षेत्रमा क्रियाशील डा. केसी ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि हुन ।
गरिबी विवरण कोषको पूर्व कार्यकारी निर्देशक समेत रहेका केसी अफगानिस्तानमा विकाससँग जोडिएर दशक वढी काम गरेका थिए ।