२७ पौष २०७९ बुधबार
दाङ— लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दावी पेस गर्ने समय सीमा (आज)बुधबार सकिँदैछ ।प्रदेश प्रमुख अमिक शेरचनले सरकारमा दाबी पेश गर्न दिएको समय दिउँसो ४ बजे सकिदैछ ।
सत्ता गठबन्धन दलहरुबीचको भागबण्डा अनुसार लुम्बिनीमा एमालेबाट संसदीय दलका नेता लीलानाथ गिरी मूख्यमन्त्री बन्नेछन् ।लुम्विनीमा एमाले–माओवादी गठबन्धनको तर्फबाट मंगलबार नै सरकार गठनको दाबी पेस गर्ने तयारी भए पनि सांसदहरूको हस्ताक्षर नपुग्दा बुधबारका लागि सारिएको छ ।८७ सदस्यीय लुम्बिनीमा नेकपा (एमाले) का २९, नेकपा (माओवादी केन्द्र) का १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् ।
सरकार गठन लागी ४४ सांसदको समर्थन आवश्यक पर्छ ।त्यस्तै नागरिक उन्मुक्तिसंग चार सिट र स्वतन्त्र दुईजना सांसदले पनि गिरिलाई समर्थन गर्ने देखिएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका गिरी रूपन्देही क्षेत्र नं. २ (१) बाट प्रदेश सभाको सदस्य निर्वाचित भएका हुन्। तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उनले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेका थिए।