१७ पौष २०७९ आईतबार
दाङ ।लुम्बिनी प्रदेशको दोस्रो सभाको पहिलो बैठक भोलि पुस १८ गते बस्ने भएको छ। दिउँसो १ बजे प्रदेश सभा भवन राप्ती उपत्यका(देउखुरी)मा प्रदेशसभा बैठक बस्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए।
प्रदेशसभामा अहिले नेकपा एमाले,नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, एकीकृत समाजवादी,नागरीक उनमुक्ती पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी,जनमत पार्टी,राष्ट्रिय जनमोर्चा र स्वतन्त्र समेत गरी एक सय ८७ जना प्रदेशसभाका सदस्य रहेका छन्।
