माघ २०,२०७९ शुक्रबार
दाङ—लुम्बिनी प्रदेशसभाको बैठक आज (शुक्रबार) बस्ने भएको छ।
प्रदेशसभाका सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको पाँचौं बैठक बस्ने भएको प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनले जानकारी दिए।
लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम (३) बमोजिम दिउँसो १ बजे बैठक आह्वान गरिएको छ।आजको बैठकमा मुख्यमन्त्री लिला गिरीबाट महालेखापरीक्षकका दुई वर्षका प्रतिवेदनहरु पेश गर्ने र कार्यव्यवस्था परामर्श समिति घोषणा गरिनेछ ।