२३ जेठ २०८० मंगलबार
बाँके— लुम्बिनी राष्ट्रिय रग्वी सेभेन्स प्रतियोगिता यहि आउँदो जेठ २६ र २७ गते दाङमा हुने भएको छ ।
नेपाल रग्वी संघ लुम्बिनी प्रदेशको आयोजनामा प्रतियोगिता हुन लागेको संघका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रविण पोरवालले जानकारी दिए ।
दाङको बेलझुण्डी स्थित रंगशालामा हुने प्रतियोगितामा लुम्बिनी प्रदेशबाट महिला र पुरुषतर्फ समान ४ गरी कुल ८ टिमले सहभागिता जनाउने उपाध्यक्ष पोरवालले जानकारी दिए। उपाध्यक्ष पोरवालका अनुसार अहिले प्रतियोगितालाई लक्षित गरी प्रशिक्षणको काम भइरहेको छ ।
रग्वी खेललाई प्रोत्साहन र विस्तार गर्न प्रतियोगिताको आयोजना गरिएको उपाध्यक्ष पोरवालले बताए । पछिल्लो समय रग्वी खेलप्रति यूवा पूस्ताको चासो निकै रहेकाले यसको विस्तारमा प्रतियोगिता महत्वपूर्ण हुने उपाध्यक्ष पोरवालले बताए