२८ पौष २०७९ बिहिबार
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्। मुख्य मन्त्रीहरु लीला गिरी,राजकुमार शर्मा र राजेन्द्र रावलले आजै पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको सम्बन्धित प्रदेश प्रमुखकको सचिवालयले जनाएका छन् ।
लुम्बिनी प्रदेशमा माओवादी सहित सत्तारुढ गठबन्धनको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले आज सानो आकारको मन्त्रिपरिषद गठन गरी शपथ लिने कार्यक्रम छ । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे प्रदेश राजधानी राप्ती उपत्यकामा (देउखुरीमा) मा शपथ गराउने छन्। एमाले संसदीय दलका नेता गिरी प्रदेश सभाका १० दल मध्ये ७ दल र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पनि आजै शपथ लिने कार्यक्रम छ। नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीसहितको समर्थनमा मुख्यमन्त्री बनेका शर्माले आज दिउँसो ३ बजे प्रदेश प्रमुख तिलक परियारसँग पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।
यस्तै सुदूपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले पनि आजै शपथ लिनेछन्। माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा रावल हिजो मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनँले आज दिउँसो ४ बजे प्रदेश प्रमुख देवराज जोशीसँग पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवको शपथ भने भोलिमात्रै हुने भएको छ।