२८ पौष २०७९ बिहिबार
बाँके— बाँके प्रहरीले लेनदेन मुद्धामा फरार एक जनालाई पक्राउ गरेको छ ।लेनदेन मुद्धाका फरार दोषी बाँके कोहलपुर नगरपालिका वडा नं.११ बस्ने वर्ष ३५ का भुवन बि.क.लाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
पौष ८ गते बि.क.लाई बाँके जिल्ला अदालतले २ वर्षको कैद सजाए तोकेको थियो ।
अदालतले कैद सजाए सुनाए लगत्तै फरार भएका बि.क.को प्रहरीले खोजतलास गरेको थियो । पक्राउ पछि बि.क.लाई पुनः अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।