१७ मंसिर २०८१,सोमबार
दाङ।तुलसीपुर उपमहानगरपालिका वडा नं.—१३ को आयोजनमा वडा अध्यक्ष फुटबल र भलिबल प्रतियोगिता मंसिर २० गतेदेखि हुने भएको छ।स्थानीय स्तरका खेलाडीलाई खेलकुदमा प्रोत्साहन गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष मोहनलाल पौडेलले जानकारी दिनु भयो।
दुवै प्रतियोगिता अलग—अलग स्थानमा हुनेछन। अध्यक्ष पौडेलका अनुसार फुलबल प्रतियोगिता वडा कार्यालयको पूर्व दिशामा रहेको नौखान चौरको खेलमैदानमा हुनेछ भने भलिबल प्रतियोगिता जनज्योतिमा मा.वि.तुही रनियाँपुरको मैदानमा हुनेछ ।
वडा कार्यालयले सोमबार सूचना जारी गर्दै प्रतियोगिता सहभागि हुने खेलाडीलाई टीम दर्ता गर्न अनुरोध समेत गरेको छ।खेलाडीले आफ्नो टिम भने साविक फुलबारी गा.वि.स.को वडाको नामबाट दर्ता गर्नु पर्ने छ । टिम दर्ता गर्दा शुल्क भने लाग्ने छैन ।
खेल नकआउटको आधारमा खेलाईने छ ।खेल तालिका भने १९ गते सार्वजनिक गरिने वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो।प्रतियोगितामा सहभागि हुने प्रत्येक टिममा १५जना खेलाडी र १ जना व्यवस्थापक रहन पाउने छन ।
यसैबीच २० गते हुने खेल उद्घाटन कार्यक्रममा उपस्थित नहुने खेलाडीलाई प्रतियोगितमा सहभागि नगराईने वडाध्यक्ष पौडेलले बताउनु भयो ।वडाकप मंसिर २६ गतेसम्म सञ्चालन हुने छ। प्रतियोगितामा प्रथम र द्वित्तीय हुने खेलाडी समूहलाई प्रचलित नियमअनुसार लाग्ने करकट्टी गरी पुरस्कार,कप र प्रमाणपत्र प्रदान गरिने वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो।