२२ मंसिर २०८१ शनिबार
दाङ ।तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ को आयोजनमा जारी वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल भलिबल प्रतियोगितामा साबिक फुलबारी गा.वि.स. वडा नं.९समूह(ए)विजयी भएको छ।
सोही वडाको जनज्योति माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा साबिक फुलबारी गा.वि.स. वडा नं.९(बी)समूहलाई २—१सेटमा पराजित गर्दै उक्त समूह विजेता बन्न सफल भएको हो।खेलको पहिलो सेट १२—२५ ले आफ्नो पक्षमा पारेको समूह(ए)ले दोस्रो सेट २१—२५ ले जितेको हो।
साबिक फुलबारी गा.वि.स.वडा नं.४ संग खेलको पहिलो सेट १५—२५ ले हारेको वडा नं.९समूह(ए) ले दोस्रो सेट २६—२७ ले जित्दै पहिलो बनेको हो।यो खेलसंगै समूह (बी) उपविजेता बन्यो।
दोस्रो जित निकालेको समूह (बी) ले त्यसअघि भएको खेलमा आयोजक वडा कार्यालयलाई पहिलो सेट १५—२५ ले जितेको थियो भने दोस्रो सेट ११—२५ ले जितेको थियो।मंसिर २० गतेदेखि सुरु भएको वडाध्यक्ष कप २६ गतेसम्म सञ्चालन हुनेछ।
भलिबल प्रतियोगितामा साबिकको फुलबारी गा.वि.स.का वडाहरुबाट ५ वटा समूह प्रतिस्पर्धामा उत्रिएका थिए।वडाध्यक्ष कप प्रतियोगिता अन्तर्गत भोलीदेखि भने फुटबलका सेमिफाइनल खेलहरु हुनेछन।प्रतियोगितामा विजयी हुने समूहलाई उचित पुरस्कार सहित प्रमाणपत्र दिईनेछ।