दाङ-२०७९मंसिर २३
तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ले शुक्रबार एक दिने नि:शुल्क आँखा शिविर सञ्चालन गरेको छ । पछिल्लो समयमा प्रविधिको विकास र प्रयोगसंगै नागरीकको आँखा समस्या जटिल बन्दै गइरहेकोले नि: शुल्क आँखा शिविर सञ्चालन गरिएको वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए । शिविरमा २सय ५० जना नागरीकले आँखा जाँच गराएको अध्यक्ष पौडेलले बताए । आँखा जाँच गरिएका अधिकांश नागरिकमा मोतिबिन्दुको समस्या देखिएको उनले बताए।यस्तै आँखामा थप समस्या देखिएका नागरिकलाई उपचारका लागि अस्पताल जान सुझाइएको उनले बताए।सो अवसरमा आँखामा भएको समस्या अनुसार केही नागरिकलाई चस्मा पनि वितरण गरिएको थियो ।