प्रिया स्मृती गजमेर
९ श्रावण २०८०, मंगलवार
दाङ :– रातिदेखि परेको वर्षातका कारण देउखुरीका केहि क्षेत्रमा क्षति पुगेको छ । राजपुर गाउँपालिका -५ को चंगुवा- भुर्किवा गाउँका ११ वटा घर डुबानमा परेका छन । डुबान भएका घरका मानिसलाई सुरक्षित स्थानमा रखिएको छ ।
त्यस्तै गढवा गाउँपालिका-५ को धरमपुर स्थित भर्खरै सम्पन्न भएको पुल वरपर पटान गरेको माटो खोलाले बगाउदा पुल नै जोखिममा परेको छ । त्यस्तै वडा नम्बर २ / ३ को सिमानामा पर्ने सुपैला खोलाले बाटो कटान गर्दा आवत जावतमा समस्या भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिईन।
चारैतिर सुरक्षाकर्मी परिचालन गरेका छौं, स्थानीयलाई जोखिम मोल्ने काम नगर्नु र समस्या आइपरेमा प्रहरीलाई जानकारी गराउन भनेका छौं’- प्रहरी निरीक्षक वलीले भनिन ।
यता लमही नगरपालिका भित्र वर्षातले हालसम्म कुनै क्षति नगरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए । हामीले पनि हाम्रा मातहतका युनिटलाई उद्दारका लागि तयार रहन भनेका छौं’- प्रहरी निरीक्षक श्रेष्ठले भने ।