माघ ११,२०८१ शुक्रबार
टीकापुर। कैलालीको गदरियास्थित जनता माध्यमिक विद्यालयमा शुक्रवार विद्यालयको गेट भत्किँदा एक बालकको मृत्यु भएको छ। शुक्रबार कैलारी गाउँपालिका-९, गदरियास्थित जनता माध्यमिक विद्यालयको गेट भत्किँदा सोही ठाउँका नरेश रानाका ७ वर्षीय छोरा प्रवेश रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
उपचारको लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनामा ८ वर्षीय समिर चौधरी पनि घाइते भएका छन्। उनलाई नजिकैको निसर्ग अस्पतालमा उपचार दिइरहेको छ। उनको अवस्था सामान्य रहेको छ।