माघ ५,२०८१ शनिबार
तुलसीपुर।नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रिय अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीहरुका माग सम्बोधन गर्ने विषयमा सरकारलाई निरन्तर खबरदारी र दबाव दिनुपर्ने बताएका छन।
शनिबार नेपाल विद्यालय कर्मचारी परीषद् लुम्बिनी प्रदेश कार्यसमितिको पुर्ण बैठकलाई दाङको देउखुरीमा सम्बोधन गर्दै अध्यक्ष तिवारीले विगतमा सरकारसंग भएको सम्झौता कार्यान्वयन गर्नका लागि संगठनात्मक दबाब सिर्जना गर्नुपर्ने बताएका हुन।अध्यक्ष तिवारीले विद्यालय कर्मचारीका माग सम्बोधन गर्ने विषयमा आफूहरुले केन्द्रिय सरकारलाई निरन्तर घचघच्याउने काम गरिरहेकाले त्यसको सकारात्मक परिणाम छिट्टै आउने बताए।
अध्यक्ष तिवारीले केही दिन अघि शिक्षा मन्त्री विद्या भट्टराईसँग भएको भेटवार्ता अत्यन्तै फलदायी भएको बताउदै त्यसबाट एउटा निकास निस्कने बताउनु भयो।शिक्षा मन्त्री ज्यू संगको भेटवार्ता निकै फलदायि भएको छ,अध्यक्ष तिवारीले भने,…ढिला रिजल्ट आए पनि त्यो उपलब्धिपूर्ण हुनेछ।
सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा पनि विद्यालय कर्मचारीहरुको माग समेट्ने गरी अहिले विभिन्न चरणमा छलफल चलिरहेको बताउदै अध्यक्ष तिवारीले छिट्टै विद्यालय कर्मचारीका समस्याले निकास पाउने बताए।
सचिवमा चौधरी मनोनित
यसैबीच बैठकले नेपाल विद्यालय कर्मचारी परिषद लुम्बिनी प्रदेशको रिक्त सचिव पदमा दुधराज चौधरीलाई मनोनीत गरेको छ । यस अघि प्रेम बहादुर जिसी परिषदको सचिव थिए।उनि स्थायी शिक्षकमा पदस्थापन भएपछि सचिव पद रिक्त रहेको थियो।
यस्तै बैठकले बांके,प्युठान,अर्घाखाची र रुकुम पुर्वमा विषेश भेला गरि जिल्ला समिति पुर्नगठन गर्ने निर्णय गरेको छ।जस अनुसार बांकेमा माघ २६ गते,प्युठानमा फागुन ३ गते,अर्घाखाचीमा फागुन ७ गते र रुकुम पुर्वमा फागुन २४ गते भेला गर्नका लागि संयोजक तोकेको छ। जसका लागि बांकेमा मिनेश श्रेष्ठ, प्युठानका लागि प्रमोद गौतम,अर्घाखाँचीका लागि होम प्रसाद ढकाल र डम्बर बहादुर ओलीलाई रुकुम पुर्वको लागि संयोजक तोकिएको प्रदेश अध्यक्ष गोबिन्द जिसीले जानकारी दिए।
बैठकले सदस्यता नविकरण गरि विश्व शिक्षक महासंघ EI मा परिषद् आवद्ध भएकोले १५ गते भित्र सदस्य शुल्क जम्मा गरिसक्न जिल्लालाई निर्देशन दिईएको छ।प्रदेश अध्यक्ष गोविन्द जिसीको अध्यक्षता अध्यक्षतामा सम्पन्न बैठकको सहजिकरण दाङका संगठन विभाग प्रमुख पुर्ण विकले गरेका थिए।