२९ असार २०८० शुक्रबार
दाङ—तुलसीपुरमा रहेको अल्पाईन यूनिफर्मले पछिल्लो समय सामाजिक कार्यलाई अघि बढाएको छ।
निजी उक्त यूनिफर्म सप्लायर्सले आफ्नो व्यवसायिक गतिबिधिसंगै सामाजिक उत्तरदायित्वको कार्यलाई अघि बढाएको हो।
जस अन्तर्गत उसले सामुदायिक विद्यालयमा अध्ययन गर्ने अति विपन्न छात्र/छात्राहरुलाई पोशाक वितरण गर्ने कार्य सुरु गरेको छ । शुक्रबार तुलसीपुर— ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा अध्ययन गर्ने २० जना छात्र/छात्राहरुलाई पोसाक वितरण गरिएको अल्पाईन यूनिफर्मका सञ्चालक नोबेल डिसीले जानकारी दिए।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने कतिपय छात्र/छात्राहरुको आर्थिक अवस्था कमजोर हुँदा विद्यालय नै नआउने अवस्था अझै पनि रहेकाले उनीहरुलाई पढाईमा टेवा पुगोस भन्ने उद्धेश्यका साथ पोसाक वितरण गरिएको सञ्चालक डिसीले बताए।
उनले आगामी दिनमा अन्य सामुदायिक विद्यालयमा अध्ययन गर्ने अति विपन्न छात्र/छात्राहरुको पहिचान गरी यो कार्यलाई निरन्तरता दिने समेत बताए । डिसीले करिब २५ हजार बराबरको पोसाक विद्यार्थीहरुलाई वितरण गरिएको समेत उनले जानकारी दिए।
अमर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होतार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले पोसाक निःशुल्क पोसाक उपलब्ध गराएकोमा सञ्चालक नोबेल डिसीलाई धन्यावाद दिएका थिए भने छात्र/छात्राहरु खुशी भएका थिए।