७ चैत २०७९ मंगलबार
दाङ — लुम्बिनी प्रदेशसभाको मंगलबार (आज)बस्ने भनिएको बैठक स्थगित भएको छ। सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको सातौँ बैठक बस्ने तय भएकोमा विषेश कारणवश बैठक स्थगित भएको प्रदेश सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए।
सोमबार प्रदेशसभाले सूचना जारी गर्दै पूर्वनिर्धारित पहिलो अधिवेशनको सातौँ बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जनाएको छ।
लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक स्थगित गरिएको सूचनामा उल्लेख छ। यसअघि प्रदेशसभाको छैटौँ बैठक गत फागुन १७ गते बसेको थियो।
