फागुन १६,२०७९ मंगलबार
काठमाडौं— संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको ५२औं बैठकमा पूर्व कानुनमन्त्री गोविन्दप्रसाद कोइराला सहभागी भएका छन् ।नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पूर्व कानुनमन्त्री गोविन्दप्रसाद कोइराला बैठकमा सहभागी भएका हुन ।
कोइलाराला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शान्ति तथा मानवधिकार सल्लाहकारको रुपमा परिषदको बैठकमा सहभागी भएको जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।कोइरालासँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल पनि परिषद बैठकमा सहभागी हुन जेनेभा पुगेका छन्।
कोइरालाले आज आयोजना हुने परिषदको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।