खजुरा।बाँकेको खजुरा गाउँपालिकाले संस्थागत सुधारमा छलाङ मारेको छ । स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा गत वर्ष आफैंले प्राप्त गरेको अंकमा थप सुधार गर्दै सुशासनमा छलाङ मारेको हो । खजुरा गाउँपालिकामा गाउँपालिका प्रमुख डम्बर बहादुर विक नेतृत्वको जनप्रनिधिको टिम आएपछि लिजामा खजुरा गाउँपालिकाले आफ्नो अंक सुधार गर्दै संस्थागत सुधारमा छलाङ मारेको हो । आर्थिक वर्ष २०७९/०८० मा ८० प्रतिशत अंक ल्याउन सफल भएको सूचना तथा प्रविधि शाखा प्रमुख सुरेश शाहुले जानकारी दिए ।
भने ०७७/०७८ मा केवल ४३प्रतिशत अंकमात्रै हासिल गरेको थियो । शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वयलाई सूचक मानेर स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिन्छ।
समग्रमा एक सय अंकलाई आधार मानेर मूल्यांकन गर्ने गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जानकारी दिए । उनका अनुसार वार्षिक बजेट तथा योजना व्यवस्थापन ७अंक , वित्तिय तथा आर्थिक व्यवस्थापनमा १० अंक , शासकीय प्रवन्ध ८.७५ अंक,संगठन तथा प्रशासनमा ७.५ अंक,न्यायिक कार्य सम्पादनमा ७अंक, भौतिक पूर्वाधारमा ८अंक , सामाजिक समावेशीकरणमा ९.५ अंक,वातावरण संरक्षण तथा विपदमा ५अंक, सहकार्य र समन्वयमा २.७५ अंक,सेवा प्रवाहमा १४.५ अंक हासिल गरेको जानकारी दिनुभयो । जनप्रतिनिधि तथा कर्मचारी सबैको सामुहिक प्रयासले संस्थागत सुधारमा सकारात्मक नजिता प्राप्त भएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले बताउनुभयाे । संस्थागत सुधार ल्याउनु भनेको विधि र पद्धतिलाई कार्यान्वयन गर्नु हो । अझ अर्को हिसावले भन्ने हो भने जनप्रतिनिधिलाई पनि कानुनको दायरामा थप कसिलो बनाउँदै जानु हो । सुशासन, आर्थिक पारदर्शीता र जवाफदेहितालाई मुख्य प्राथमिकतामा राखेर पालिकाले काम गर्दै आएको छ।
निर्वाचित भएर आएदेखि नै यसलाई संस्थागत बनाएका छौं। हाम्रा हरेक निर्णयहरू सार्वजनिक गर्ने गरिएको छ। गाउँपालिकाको आफ्नै फेसबुक पेज छ। त्यसमार्फत् कार्यपालिकाका बैठकका निर्णय होस् वा सूचना सबै सार्वजनिक गर्ने गरेकाे गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले पालिका सुशासन, पारदर्शी र जवाफदेही ढंगबाट चलेको सन्देश लिजामा देखिएको अंकले दिएको बताउनुभयो । उहाँले जनताको आवश्यकता र प्राथमिकतालाई बुझेर लैजाने पालिकाको सेवा प्रवाहलाई अझै सरलीकृत बनाएर लैजाने प्रतिबद्धता समेत जनाउनुभयाे ।