८ बैशाख २०८०, शुक्रबार
काठमाडौं । पछिल्लो विवादित गीत ‘सकम्बरी’को विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भएपछि त्यस गीतका गायक तथा सर्जक प्रकाश सपूतले माफी मागेका छन् ।
हाल कार्यक्रमका लागी अमेरीका पुगेका गायक सपूतले एक सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ती जारी गर्दै रात्रिकालीन मनोरञ्जन व्यावसायी संघसँग माफी मागेका छन् ।सपूतले भनेका छन् आफ्नो सृजनाले जो जस्लाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपा चोट पुगेको छ,त्यसका लागी सबैसंग क्षमा माग्न चाहान्छु ।
‘मेरो सृजनाले प्रत्यक्ष्अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ । अपमानजनक महशुस भएको छ सबैसंग क्षमा चाहन्छु,’ उनले भनेका छन् ।
आफ्नो नियत कसैलाई होच्याउने, आफू अलग छु वा कसैलाई असफल बनाएर आफू सफल हुन नभएको भन्दै उनले समाजकै सिर्जना गरेको स्पष्टिकरण दिएका छन् ।उनले समाजको सिर्जना गरेर तर समाजकै चित्त दुखाउने मेरो नियत नभएको बताएका छन् ।
‘म पनि यहि समाज र परिवेशको उत्पादन हुँ । मेरो चेतना पनि यहि निर्माण भएको हो। त्यसैले कमजोरी छैन भन्दिन । तर सकिनसकि जानिनजानि गर्न खोजेको चाहि समाजका अध्यारा कथाहरु देखाएर उज्यालो तिर लाग्न प्रेरित गर्ने भन्ने हो,’ उनले भनेका छन् ।
उनले आफूले पनि विगतमा दोहोरी साँझमै काम गरेको र अपमानजनक दृष्टिकोण भोगेको र त्यही अनुभवको आधारमा पनि यो सृजनाको जन्म भएको उनको भनाइ छ ।
यसमा सबैको सबैको साझा उद्देश्य समस्या समाधान भएको उनको भनाइ छ । ‘५ वर्ष साझमा काम गर्दै गर्दा मैले अपमानजनक दृष्टिकोण खेपेको छु । थुप्रै नैतिक प्रश्नहरुको सामना गरेको छु । तर त्यहि बाट म जस्तै थुप्रैले आफ्नो जिवनको लय भेटायौ र अगाडि बढ्यौ । त्यसैले समग्रमा क्षेत्र राम्रो र नराम्रो भन्दा पनि हामी भित्रपनि राम्रा र नराम्रा पक्ष र प्रवृति छन त्यसमाथि बाहिरबाट हेर्ने समाजको दृष्टिकोणमा त झन भंयकर पक्षपात छ,’ उनले भनेका छन् ।