काठमाडौँ — सत्ता समिकरणको विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निस्कर्ष सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको बैठकमा पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भन्ने विषयमा सहमति नजुटेपछि बैठक निस्कर्ष बिना नै सकिएको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार मन्त्र्री ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धनकै सरकार बन्ने गरी छलफल सकारात्मक भएको दाबी गरे । उनले भोलि पुनः बस्ने बैठकले पहिलो चरणमा को प्रधानमन्त्री हुने भन्ने विषयको छिनोफानो गर्ने बताए ।
ुछलफल सकारात्मक छ । यही गठबन्धनकै सरकार बन्छ । आइतबार फेरि एकपटक बसेर सहमति सार्वजनिक गर्छौं । प्रधानमन्त्री को पहिले र को पछि बन्ने भन्ने कुरा गौण हो,ु उनले भने,ु मूल कुरा देशको हितमा कसरी अगाडि बढ्ने भन्ने हो ।
मन्त्री कार्कीले जनताको आकांक्षालाई गठबन्धनको सरकार बनाएर तिब्र गतिले अघि बढाएर लैजाने बताए। सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आईतवार साँझ ५ बजेसम्मको समय दिएका छन्। जसकारण पनि नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीचको छलफल तिब्र बनेको छ।