११ बैशाख २०८०, सोमबार
काठमाडौँ — क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज (सोमबार)सुनुवाइ हुँदैछ । पटकपटक सुनुवाइ भएर पनि किनारा लाग्न नसकेको मुद्दामा आज पुनः सुनुवाइ राखिएको छ ।
मुद्दाको सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो । चिकित्सकसहित दुई जना सरकारी साक्षीको वकपत्र सम्पन्न गरेसँगै अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको हो ।
सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकेको छैन । अघिल्लो सुनुवाइमा चिकित्सकको रिपोर्ट तलमाथि परेको र बयान फरक परेको भनेपछि पुनः कागजात गराइएको छ ।