सोमबार, कात्तिक २६, २०८१
एजेन्सी।संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले सन् २०२४ अहिलेसम्मकै तातो वर्ष हुने बताएको छ । जनवरीदेखि सेप्टेम्बरसम्मको औसत तापक्रम औद्योगिक युग शुरू हुनुअघिको तापक्रम भन्दा एक दशमलव ५४ डिग्री सेल्सियसले बढी रहने डब्ल्यूएमओको ठहर छ ।
विश्वको तापक्रम पहिलोपल्ट औद्योगिक युग शुरू हुनुअघिको भन्दा एक दशमलव ५ डिग्री सेल्सियसभन्दा धेरैले बढ्न लागेको हो । सन् २०२४ अहिलेसम्मको तातो वर्ष हुनुका साथै सन् २०१५ देखि २०२४ अहिलेसम्मकै तातो वर्ष हुने भएको छ । यो भनेको पछिल्लो दशकमा पृथ्वीको तापक्रम लगातार बढेको हो ।
बितेको १० वर्षमा महासागरको तापक्रम निकै बढेको छ । अन्टार्कटिक समुद्री बरफको रेकर्ड सबैभन्दा कम र हिमनदीको क्षति सबैभन्दा बढी हुने डब्ल्यूएमओको भनाइ रहेको बीबीसीले जनाएको छ ।त्यस्तै समुद्री सतह पनि बढ्दै गएको छ। सन् २०१४ देखि २०२३ सम्म विश्वव्यापी औसत समुद्री स्तर प्रति वर्ष ४।७७ मिलिमिटरले बढेको थियो, जुन् १९९३ र २००२ बीचको दरभन्दा दोब्बर हो ।
अजरबैजानको बाकुका शुरू भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२९ मा डब्ल्यूएमओले तापक्रम वृद्धि नियन्त्रणमा विश्वव्यापी पहल नभएमा चाँडै थप सङ्कटहरू आउने चेतावनी दिएको छ ।