१० पौष २०८१ बुधबार
देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक र सांस्कृतिक विविधतालाई सम्मान गर्दै, सबै धर्म र संस्कृतिलाई समान आदर गरिएको बताउनु भएको छ।
क्रिसमस पर्वको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक र सांस्कृतिक विविधतालाई सम्मान गर्दै सबै धर्म र सांस्कृतिलाई समान आदर गरिएको बताउनु भएको हो ।
बुधवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले इसाई धर्मावलम्बीहरूको महान् चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीवहिनी तथा दाजुभाइहरूप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको हो । ‘लुम्बिनी प्रदेशले सबै धर्म र संस्कृतिलाई समान आदर गर्दछ । जसले एकता मजवुत छ ।
यो पर्वले हामी सबैमा प्रेम, शान्ती र सहिष्णुताको सन्देश अभिव्यक्त गर्दछ । तसर्थ सवै प्रदेशवासीमा सुख, शान्ती र समृद्धीको कामना गर्दछु’शुभकामना सन्देशमा भनिएको छ,‘यस्ता चाडपर्वहरूको माध्यमवाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि भई आपसी एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।
’ इसाई धर्मका अनुयायीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवम् सांस्कृतिक उत्सवका रूपमा विविध कार्यक्रमहरूको आयोजना गरी क्रिसमस डे मनाउने गर्दछन् ।