१९ पुस, काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गर्न बसेको नेकपा एकीकृत समाजवादीको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।अहिलको गठबन्धनको सरकारमा सहभागी हुने वा नहुने विषयमा उक्त दलमा तीन धारमा विभाजित छ ।
मंगलबार पोलिटब्यूरो बैठकपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी बारेको निर्णय लिन केन्द्रीय सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘सरकारमा सहभागी हुनेबारे पोलिटब्यूरो बैठकले केन्द्रीय सचिवालयलाई संयोजन गर्ने अधिकार प्रदान गरेको छ । केन्द्रीय सचिवालयले यसको बारेमा आवश्यक अध्ययन, अनुसन्धान, विचार विमर्श गरेर अन्तिम निर्णय लिनेछ ।’