१५ जेठ २०८० सोमबार
दाङ —सरकारले सरकारी निकायमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने भएको छ।
सोमबार आ.व. ०८० ०८१ को बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्थाका कारण सरकारी निकायमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने जानकारी दिए। यस्तै, सरकारले सबै प्रोत्साहन भत्ता र अतिरिक्त भत्तासमेत खारेज गरेको छ।